५१ वर्षीय पाल नेकपा एमालेकी पोलिटब्यूरो सदस्य हुन्। २०४६ सालदेखि राजनीतिमा आबद्ध उनले २०५५ मा एमालेको सदस्यता प्राप्त गरेकी थिइन्। एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य तथा महिला विभागको सह-इन्चार्ज हुँदै अध्यक्षसम्म भइसकेकी छिन्। त्यस्तै, केपी शर्मा ओली २०७२ मा प्रधानमन्त्री बन्दा उनी जनसम्पर्क विज्ञ बनेकी थिइन्। उनी २०७४ मा समानुपातिक सांसद बनेकी थिइन्।