४९ वर्षीय लामा २०७४ को निर्वाचनमा उनी कञ्चनपुर- १ (क)बाट निर्वाचित भएका थिए। उनी एकीकृत समाजवादीको तर्फबाट आर्थिक मामिला मन्त्री समेत बनेका थिए। तर एमाले प्रवेश गर्ने अभिव्यक्ति दिएपछि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासनमा परेका थिए। त्यसपछि २०७९ भदौमा नेकपा एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका थिए। विद्यार्थी राजनीतिबाट अगाडि बढेका उनी एमालेको कञ्चनपुर जिल्ला अध्यक्ष पनि भएका थिए।