५० वर्षीय राना नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन्। २०४३ सालमा विद्यार्थी राजनीतिमा संलग्न भएका उनी पार्टीका विभिन्न जिम्मेवारी पूरा गर्दै अघि बढेका नेता हुन्।
उनी २०६४ मा समानुपातिक सभासद् भएका थिए। त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ५ बाट निर्वाचित भएका थिए। उनले त्यतिबेला कांग्रेस नेता आरजु राणालाई हराएका थिए।