निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
अरुन कुमार चौधरी
पार्टी:
नागरिक उन्मुक्ति पार्टी Logo
नागरिक उन्मुक्ति पार्टी
उमेर: 37
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कैलाली - क्षेत्र २

अरुन कुमार चौधरी

३७ वर्षीय चौधरी २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुखका लागि प्रतिस्पर्धा गरेका थिए। तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का तर्फबाट उम्मेदवार बनेका उनी तेस्रो स्थानमा रहँदै पराजित भएका थिए। त्यसपछि उनी कांग्रेस प्रवेश गरेका थिए। २०७४ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी कांग्रेसका तर्फबाट कैलाली- २ (ख) मा उम्मेदवार भएका थिए। तर दोस्रो स्थानमा रहँदै पराजित भएका थिए। कांग्रेसका महासमिति सदस्य समेत रहेका उनले २०७९ जेठमा पार्टी परित्याग गरेका थिए। त्यसपछि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन्।