४७ वर्षीय रावल एमालेका केन्द्रीय सदस्य हुन्। २०५५ मा अनेरास्ववियुमा आबद्ध भएर राजनीति अघि बढाएका उनी एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भएका थिए। २०५४ मा एमाले विभाजन भई माले गठन हुँदा उनी सोही पार्टीतिर लागेका थिए। पछि एमालेमै फर्किएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी कैलाली- २ बाट निर्वाचित भएका थिए।