६२ वर्षीय चौधरी कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी २०४८, २०५१ र २०५६ मा कैलाली- २ बाट निर्वाचित हुँदै कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। २०६४ को निर्वाचनअघि मधेसी जनअधिकार फोरम प्रवेश गरेका उनी समानुपातिक सांसद बनेका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा फोरम (लोकतान्त्रिक)का तर्फबाट कैलाली- ३ मा विजयी भएका थिए। २०७४ को निर्वाचनमा पनि उनी कैलाली- १ बाट उम्मेदवार बनेका थिए। तर माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका थिए। उनी २०५४ मा सामान्य प्रशासन सहायकमन्त्री, २०५५ मा शिक्षा सहायकमन्त्री तथा २०७२ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए।