५४ वर्षीय बोहरा नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनको राजनीतिक पृष्ठभूमि माओवादी केन्द्रसँग जोडिएको छ। २०७७ फागुनमा नेकपा विभाजन भएसँगै उनी एमालेतिर लागेका थिए। त्यतिबेला सुदूरपश्चिम प्रदेशका सांसद रहेका उनलाई माओवादी केन्द्रले पदमुक्त गराएको थियो। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी अछाम १ को (ख) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी सो प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए।