रुकुम (पश्चिम) क्षेत्र १ का अन्य उम्मेदवारहरू
जनार्दन शर्मा
५९ वर्षीय शर्मा नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्। २०३४ सालमा तत्कालीन चौमबाट राजनीतिकय यात्रा सुरु गरेका उनी माओवादीद्वारा सञ्चालित जनयुद्धमा पनि सहभागी भएका थिए। त्यतिबेलादेखि अहिलेसम्म उनले पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्।
शर्मा २०६५ मा शान्ति तथा पुनर्निर्माण मन्त्री, २०७३ मा ऊर्जा मन्त्री, २०७४ मा गृहमन्त्री र २०७८ मा अर्थमन्त्री बनेका छन्।
शर्माको संसदीय यात्रा २०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भएसँगै सुरु भएको हो। उनी २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधि सभामा सदस्य भएका थिए।
रुकुम (पश्चिम) क्षेत्र १ का अन्य उम्मेदवारहरू