निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
प्रकाश ज्वाला
पार्टी:
नेकपा एकीकृत समाजवादी Logo
नेकपा एकीकृत समाजवादी
उमेर: 55
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: सल्यान - क्षेत्र १

प्रकाश ज्वाला

५५ वर्षीय ज्वाला नेकपा एकीकृत समाजवादीका उपमहासचिव हुन्। लामो समय एमालेबाट राजनीति गरेका उनी सो पार्टीको पोलिटब्युरो सदस्य समेत भइसकेका थिए। सोही पार्टीबाट निर्वाचित भई २०७४ मा कर्णाली प्रदेशको मन्त्रिपरिषद्‌मा उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। ज्वाला २०५१ मा सल्यानबाट पराजित र २०५६ मा निर्वाचित भएका थिए। त्यस्तै, २०६४ मा पराजित र २०७० मा विजयी भएका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी सल्यानबाटै कर्णाली प्रदेश सभाका लागि निर्वाचित भएका थिए।