निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
रेखा शर्मा
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 53
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: दाङ - क्षेत्र २

रेखा शर्मा

५३ वर्षीय शर्माले २०४२ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। योङ कम्युनिस्ट लिगको केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य हुँदै उनी अहिले माओवादी केन्द्रको स्थायी कमिटी सदस्य छिन्।

माओवादी जनयुद्धको क्रममा उनी एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन्। २०७२ मा गठित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सामान्य प्रशासन मन्त्री बनेकी थिइन्। उनी आफ्नो पार्टीका तर्फबाट सचेतक तथा प्रमुख सचेतक समेत बनिसकेकी छिन्।

शर्मा २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन्। संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्।