निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
बृजेश कुमार गुप्‍त
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 51
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: कपिलवस्तु - क्षेत्र २

बृजेश कुमार गुप्‍त

५१ वर्षीय गुप्ता २०७४ को निर्वाचनमा कपिलवस्तु- २ बाट हृदयश त्रिपाठी समूहमा रहेर सूर्य चिह्नबाट निर्वाचित भएका थिए। त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेपछि त्यतै लागेका उनी २०७८ चैत १४ मा नेकपा एमाले प्रवेश गरेका हुन्।

गुप्ता २०५७ सालमा राप्रपाको केन्द्रीय सदस्य हुँदै राजनीतिमा सक्रिय भएका हुन्। २०६४ मा तराई मधेस लोकतान्त्रिक पार्टी गठन भएपछि उनी त्यतै लागे। सो पार्टीको महासचिव समेत भएका थिए। तमलोपासहितका दलहरुले राष्ट्रिय जनता पार्टी गठन गरेपछि उनी केही समय त्यसमै आबद्ध भए। तर, पछि परित्याग गरे।

गुप्ता २०६२ मा भौतिक योजना तथा निर्माण राज्यमन्त्री र २०६८ मा कानुन तथा न्याय मन्त्री भइसकेका छन्। उनी २०५६ मा राप्रपाबाट, २०६४ र २०७० मा तमलोपाबाट, २०७४ मा स्वतन्त्र राजनीतिक समूह (सूर्य चिह्नबाट) सांसद/सभासद निर्वाचित भएका थिए।