पार्टी: |
![]() नेकपा माओवादी केन्द्र
|
---|---|
उमेर: | 60 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | कपिलवस्तु - क्षेत्र १ |
६० वर्षीय खनाल नेकपा माओवादी केन्द्रका सचिव हुन्। २०३४ मा तत्कालीन नेकपा चौमबाट राजनीतिक यात्रा सुरु गरेका उनी विभिन्न पार्टी हुँदै तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका थिए। त्यसक्रममा उनी जनमुक्ति सेनाको डेपुटी कमाण्डर समेत भएका थिए।
पुष्पकमल दाहाल प्रचण्ड २०६५ मा प्रधानमन्त्री बन्दा उनी प्रमुख राजनीतिक सल्लाहकार बनेका थिए।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु- १ बाट निर्वाचित भएका उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७४ देखि २०७६ सम्म कृषि तथा पशुपन्छी मन्त्री बनेका थिए।