निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
विष्‍णु प्रसाद पौडेल
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 62
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र २

विष्‍णु प्रसाद पौडेल

६२ वर्षीय पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन्। एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा उनी महासचिव पनि बनाइएका थिए। ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका पौडेल २०४७ मै एमालेको केन्द्रीय सदस्य बनेका थिए।

पौडेल २०५३ मा युवा, खेलकुद तथा संस्कृति मन्त्री, २०६५ मा जलस्रोतमन्त्री, २०६७ मा रक्षामन्त्री र २०७२ र २०७७ मा अर्थमन्त्री भइसकेका छन्।

पौडेल २०५१ को प्रतिनिधि सभा निर्वाचनमा पाल्पा- ३ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा रुपन्देही- ४ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने रुपन्देही- २ बाट निर्वाचित भएका थिए। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही- ३ मा पराजित भएका थिए।