निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
रुपन्देही क्षेत्र १ का अन्य उम्मेदवारहरू
घनश्याम भुसाल
पार्टी:
स्वतन्त्र Logo
स्वतन्त्र
उमेर: 61
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: रुपन्देही - क्षेत्र १

घनश्याम भुसाल

६१ वर्षीय भुसालले गत असोज २२ गते नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। विद्यार्थी राजनीतिबाट अघि बढेका भुसाल एमालेको नवौँ महाभिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए। तर, दशौँ महाधिवेशनमा भने उपाध्यक्षमा पराजित भएका थिए।

भुसाल २०६८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने मन्त्री भएका थिए। त्यस्तै, २०७६ मा कृषि तथा पशुपन्छी मन्त्री भएका थिए।

२०५३ मा सम्पन्न उपनिर्वाचनमा विजयी भएपछि भुसालको संसदीय यात्रा सुरु भएको हो। २०५४ मा भएको एमाले विभाजनपछि मालेतिर लागेर २०५६ को निर्वाचनमा रुपन्देही-२ बाट प्रतिस्पर्धी बनेका उनी पराजित भएका थिए। त्यस्तै, २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी रुपन्देही- २ बाटै पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही- ३ बाट निर्वाचित भएका थिए।

बौद्धिक नेताको छवि बनाएका भुसालका ‘नेपालको अर्थ राजनीति’ र ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ शीर्षकका दुई पुस्तक समेत प्रकाशित छन्।

रुपन्देही क्षेत्र १ का अन्य उम्मेदवारहरू