पार्टी: |
![]() नेकपा एकीकृत समाजवादी
|
---|---|
उमेर: | 44 |
लिङ्ग: | महिला |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | गुल्मी - क्षेत्र २ |
४४ वर्षीया झाँक्री नेकपा एकीकृत समाजवादीको सचिव हुन्। उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष समेत भएकी थिइन्। तत्कालीन राजा ज्ञानेन्द्रद्वारा लादिएको प्रतिगमनदेखि तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा सडकमार्फत् गरिएको प्रतिवादमा उनले खेलेको भूमिकाको अद्यापि चर्चा हुने गर्छ।
लामो समय एमालेमा बिताएको र सोही पार्टीको केन्द्रीय सदस्य तथा सांसद समेत रहेको अवस्थामा २०७८ भदौमा एमाले विभाजन हुँदा झाँक्रीले पनि सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
उनी एकीकृत समाजवादीको तर्फबाट २०७८ मै सहरी विकास मन्त्री समेत भइसकेकी छिन्। उनी २०७४ मा समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्।