निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
प्रदिप कुमार ज्ञवाली
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 61
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: गुल्मी - क्षेत्र १

प्रदिप कुमार ज्ञवाली

६१ वर्षीय ज्ञवाली नेकपा एमालेका उपमहासचिव हुन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेका ज्ञवाली पार्टीतर्फ पनि भूगोलको राजनीति गरेका नेता हुन्। उनी पार्टीको जिल्ला तथा अञ्चल कमिटीमा रहेर जिम्मेवारी पूरा गर्दै पार्टीको केन्द्रीय पदाधिकारीसम्म पुगेका नेता हुन्। साहित्यिक रचनाहरुमा पनि ज्ञवाली परिचित नाम हुन्।

२०६३ मा गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए। त्यस्तै, २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए।

ज्ञवाली २०५६ को प्रतिनिधि सभा निर्वाचनमा गुल्मी- २ बाट विजयी भएका थिए। २०६४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा गुल्मी-१ पराजित भएका ज्ञवाली २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने सोही क्षेत्रबाट विजयी भएका थिए।