६६ वर्षीय जोशी नेपाली कांग्रेसका पुराना नेता हुन्। कांग्रेस पर्वतका सभापति तथा केन्द्रीय सदस्य पनि भएका छन्। संसदीय प्रतिस्पर्धामा पनि उनी परिचित नाम हो। उनले २०५६, २०६४, २०७० र २०७४ मा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। २०७४ को निर्वाचनमा भने एमाले उम्मेदवार पदम गिरीसँग पराजित भएका थिए।