४५ वर्षीय पदम गिरी नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०४७ बाट विद्यार्थी संगठन अखिल पाँचौँबाट राजनीति सुरु गरेका उनी एमालेको पर्वत जिल्ला अध्यक्ष पनि भएका थिए। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित भएका थिए। उनले कांग्रेसका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका थिए।