५३ वर्षीय अर्याल नेकपा एमालेकी सचिव हुन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेकी उनी संविधान सभा निर्वाचनमा २०६४ मा समानुपातिक सभासद भएकी थिइन्। प्रतिनिधि सभा निर्वाचन २०७४ मा स्याङ्जा- २ बाट निर्वाचित भइन्। उनले तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। सो निर्वाचनमा प्रत्यक्ष निर्वाचित ६ जना महिलामध्ये उनी पनि एक हुन्। उनी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री भएकी छिन्।