५४ वर्षीय मरासिनीले ३६ सालमा नै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए। उनी २०५४ सालको स्थानिय निर्वाचनमा पुतलिबजार नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा समेत काम गरेका थिए। उनी राजनीतिमा आउनु पुर्व शिक्षण पेसा र विद्यालय संचालनको काम गरेका थिए। उनी प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितीमा बसेर काम गरिसकेका छन्।