निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
पुष्पकमल दाहाल 'प्रचण्ड'
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 66
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: गोरखा - क्षेत्र २

पुष्पकमल दाहाल 'प्रचण्ड'

६६ वर्षीय प्रचण्ड तत्कालीन नेकपा माओवादीले २०५२ देखि २०६३ सम्म जनयुद्ध सञ्चालन गर्दा सो पार्टीको अध्यक्ष थिए। २५ वर्ष भूमिगत राजनीतिमा बिताएका उनी आफ्नो पार्टीमा विगत ३४ वर्षदेखि अध्यक्ष छन्।

उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत हुन्। उनी २०६५ र २०७३ मा नेपालको प्रधानमन्त्री भइसकेका छन्।

प्रचण्ड २०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौं- १० र रोल्पा- २ बाट विजयी भएका थिए। २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा सिरहा- ५ बाट विजयी भएका थिए भने काठमाडौं- १० बाट पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ बाट निर्वाचन भएका थिए। त्यतिबेला उनी एमाले र माओवादी केन्द्रले बनाएको वाम गठबन्धनको साझा उम्मेदवार थिए।