निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
ललितपुर क्षेत्र ३ का अन्य उम्मेदवारहरू
पम्फा भुसाल
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 60
लिङ्ग: महिला
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: ललितपुर - क्षेत्र ३

पम्फा भुसाल

६० वर्षीय भुसाल नेकपा माओवादी केन्द्रको उपमहासचिव हुन्। उनले २०३३ सालमा अनेरास्ववियुको सदस्यता लिई पुल्चोक क्याम्पसबाट राजनीति सुरु गरेकी थिइन्। भुसाल तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्ष समेत भएकी थिइन्। माओवादी जनयुद्धको नेतृत्वदायी भूमिकामा रहेकी उनी महिला बालबालिका तथा समाज कल्याणमन्त्री, सामान्य प्रशासन मन्त्री, शान्ति तथा पुनर्निर्माण मन्त्री भइसकेकी छिन्। वर्तमान मन्त्रिपरिषद्‌मा उनी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पनि छिन्। उनी संविधान सभा निर्वाचन निर्वाचन २०६४ र प्रतिनिधि सभा निर्वाचन २०७४ मा ललितपुर- ३ बाटै निर्वाचित भएकी थिइन्।
ललितपुर क्षेत्र ३ का अन्य उम्मेदवारहरू