पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 40 |
लिङ्ग: | महिला |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | बारा - क्षेत्र ३ |
४० वर्षीया साह नेकपा एमालेको पोलिटब्यूरो सदस्य हुन्। माओवादी पृष्ठभूमिको नेता उनी २०७४ को प्रदेश सभामा बारा- ३ (क) बाट माओवादी केन्द्रको उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।
एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी थिइन्। लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गराएको थियो। अर्कोतिर, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री बनाएका थिए।
उनी २०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद भएकी थिइन्।