पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 48 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | रौतहट - क्षेत्र १ |
४८ वर्षीय गुप्ताको राजनीतिक पृष्ठभूमि मधेस केन्द्रित दलसँग जोडिन्छ। उनी २०७९ साउन २३ मा मात्रै लोसपाबाट एमाले प्रवेश गरेका हुन्। २०७४ को स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट रौतहटको गौर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तहको निर्वाचनमा भने लोकतान्त्रिक समाजवादी पार्टीबाट गौर नगरपालिककै मेयरका लागि उम्मेदवार बनेका थिए। तर नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहसँग पराजित भए। संविधान सभा निर्वाचन २०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट उम्मेदवार बनेका उनी माधवकुमार नेपालसँग पराजित भएका थिए। त्यसअघि २०६४ मा उनी रौतहट- १ बाट सद्भावना पार्टीबाट उम्मेदवार बनेका थिए। तर स्वतन्त्र उम्मेदवार बबन सिंहसँग पराजित भए।