निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
गिरिराज  मणी  पोखरेल
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 65
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: महोत्तरी - क्षेत्र १

गिरिराज मणी पोखरेल

६५ वर्षीय पोखरेल नेकपा माओवादी केन्द्रको उपमहासचिव हुन्। उनले २०३२ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी २०४६ मा वाममोर्चाको पनि केन्द्रीय सदस्य भएका थिए। त्यस्तै, २०५९ मा जनमोर्चाको सचिवालय सदस्य भएका उनी २०६३ मा उक्त पार्टीका उपाध्यक्ष भएका थिए। माओवादी र जनमोर्चाबीच एकता भई एकीकृत नेकपा माओवादी गठन भएपछि सोही पार्टीको विभिन्न भूमिकामा रहे। उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा महोत्तरी- १ बाट निर्वाचित भएका थिए। उनी २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री भएका छन्। त्यस्तै, २०७४ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन्।