पार्टी: |
![]() नेकपा एमाले
|
---|---|
उमेर: | 61 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | धनुषा - क्षेत्र ४ |
६१ वर्षीय महासेठ नेकपा एमालेका सचिव हुन्। २०२८ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३३ देखि नेकपा मालेको सदस्य भई मूलधारको राजनीतिमा होमिएका थिए। २०६५ मा सम्पन्न संविधान सभा उपनिर्वाचनमा उनी धनुषा- ५ बाट निर्वाचित भएका थिए। २०७० को निर्वाचनमा भने धनुषा- ५ बाटै पराजित भए। २०७४ को निर्वाचनमा धनुषा- ४ बाट निर्वाचित भए। उनी जलस्रोत तथा सिँचाइमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसकेका छन्।