निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
धनुषा क्षेत्र १ का अन्य उम्मेदवारहरू
मातृका प्रसाद यादव
पार्टी:
नेकपा माओवादी केन्द्र Logo
नेकपा माओवादी केन्द्र
उमेर: 64
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: धनुषा - क्षेत्र १

मातृका प्रसाद यादव

६४ वर्षीय यादव नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्। नेकपा चौमबाट राजनीतिक यात्रामा अगाडि बढेका उनी नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको नेतृत्वदायी भूमिकामा थिए।

माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी अन्तरिम व्यवस्थापिका संसद् सदस्य तथा वन तथा भू-संरक्षण र भूमिसुधार तथा व्यवस्था मन्त्री भएका थिए। २०७४ मा गठित केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए।

तत्कालीन नेकपा माओवादी र एकता केन्द्रबीच एकीकरण भएर एनेकपा माओवादी बनेपछि उनी एकता प्रक्रियामा नगई नेकपा माओवादीकै नेतृत्व गरेर बसेका थिए। २०७३ मा उनी प्रचण्ड नेतृत्वको पार्टीमा फर्किएका थिए।

यादव २०६४ मा तत्कालीन नेकपा माओवादीको समानुपातिक सांसद भएका थिए। २०७४ मा धनुषा-१ बाट निर्वाचित भएका थिए। 

धनुषा क्षेत्र १ का अन्य उम्मेदवारहरू