पार्टी: |
![]() जनमत पार्टी (जपा)
|
---|---|
उमेर: | 45 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | सप्तरी - क्षेत्र २ |
४५ वर्षीय राउत जनमत पार्टीका अध्यक्ष हुन्। पढाइमा तीक्ष्ण र विभिन्न अवार्डबाट सम्मानित उनी अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका थिए। राजनीतिको प्रारम्भिक समयमा स्वतन्त्र मधेसको अभियान थालेका र प्रयत्न पनि गरेका उनी २०७५ फागुन २४ मा सरकारसँग सहमति गर्दै मूलधारको राजनीति सुरु गरेका थिए। लगत्तै उनले आफ्नो अभियानलाई जनमत पार्टीमा रुपान्तरण गरेका हुन्।