पार्टी: |
![]() जनता समाजवादी पार्टी, नेपाल
|
---|---|
उमेर: | 61 |
लिङ्ग: | पुरुष |
निर्वाचन: | प्रतिनिधिसभा |
निर्वाचन क्षेत्र: | सप्तरी - क्षेत्र २ |
६१ वर्षीय यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन्। प्रारम्भिक राजनीति एमालेबाट सुरु गरेको भए पनि उनी पछिल्ला मधेस आन्दोलनका नेतृत्वकर्ताका रुपमा परिचित छन्। २०६३ मा अन्तरिम संविधान जलाएपछि उनी मधेसका प्रभावशाली नेताको रुपमा उदाएका थिए।
उपप्रधानमन्त्री समेत भइसकेका यादव २०६५ र २०६७ मा परराष्ट्रमन्त्री भएका थिए। २०७५ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका यादव सोही मन्त्रिपरिषद्मा २०७६ मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पनि भएका थिए।
यादव २०४८ को निर्वाचनमा सुनसरी- ४ बाट उम्मेदवार भई पराजित भएका थिए। २०६४ मा मोरङ- ५ र सुनसरी- ५ बाट निर्वाचित भए। २०७० को निर्वाचनमा मोरङ- ५ मा पराजित र सुनसरी- ५ मा विजयी भए। २०७४ को निर्वाचनमा भने सप्तरी- २ बाट निर्वाचित भएका थिए।