६५ वर्षीय कार्की नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कार्की विद्यार्थी राजनीतिबाट अगाडी बढेका नेता हुन्। उनी कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय सभापति समेत भएका थिए। कार्की २०७४ को निर्वाचनमा पनि सुनसरी- ४ बाट निर्वाचित भएका थिए। उनी २०६३ मा जलस्रोत र २०७४ मा अर्थमन्त्री भएका थिए। वर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि हुन्।