६२ वर्षीय कुसियैत नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०५१ को मध्यावधि निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए। तर पछि भएको उपनिर्वाचनमा भने जित निकालेर संसदीय यात्रा तय गरेका थिए।
कुसियैत प्रदेश १ मा तत्कालीन शेरधन राई नेतृत्वको मन्त्रिपरिषद्का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि हुन्। २०७४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी सुनसरी- ४ (क) बाट निर्वाचित भएका थिए।