६८ वर्षीय गच्छदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी नेपाली कांग्रेसको उपसभापति समेत भइसकेका छन्। उनी २०४८ यताका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका छन्। कांग्रेस पृष्ठभूमिका उनी २०६४ देखि २०७४ सम्म मधेस केन्द्रित दल (मधेसी जनअधिकार फोरम नेपाल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)) मा आबद्ध थिए। २०६४ को संविधान सभा निर्वाचनअघि कांग्रेस छाडेका उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनअघि कांग्रेस फर्किएका थिए। गच्छदार ५ पटक उपप्रधानमन्त्री, ५ पटक मन्त्री र एक पटक राज्यमन्त्री भएका थिए।