५१ वर्षीय चौधरी नेकपा एमालेकी केन्द्रिय सदस्य हुन्। २०४८ देखि राजनीतिमा आबद्ध उनी पहिलो संविधान सभामा समानुपातिक सभासद भएकी थिइन्। झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू-संरक्षण राज्यमन्त्री पनि भएकी थिए। प्रत्यक्ष निर्वाचनतर्फ उनी यो क्षेत्रबाट तेस्रो पटकको प्रतिस्पर्धामा छिन्। पहिलेका दुई प्रतिस्पर्धामा उनी विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्। उनी २०६८ सालमा वन तथा भू-संरक्षण राज्यमन्त्री भएकी थिइन्।