५४ वर्षीय ढकाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। यो उनको दोस्रो संसदीय प्रतिस्पर्धा हो। पहिलो संविधान सभाको उपनिर्वाचनमा उनी कांग्रेस उम्मेदवार शेखर कोइरालासँग पराजित भएका थिए। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा पनि प्रतिस्पर्धा गरेका थिए। तर कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भए।