४४ वर्षीय युग पाठक (दीपककुमार पाठक) विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमार्फत् चोटिला तर्क प्रस्तुत गरेर प्रशस्तै चर्चा पाएको नाम हो। उनको ‘उर्गेनको घोडा’ नामक उपन्यास तथा ‘माङ्गेना: नेपाल मन्थन’ पुस्तक प्रकाशित छ। उनी ‘युमा’ शीर्षकको नाटकका पनि लेखक हुन्।
लेखन वृत्तका लागि परिचित नाम भए पनि चुनावी प्रतिस्पर्धाका लागि उनी नयाँ पात्र हुन्।
आफ्नो चुनावी घोषणापत्रमा उनले नक्कली राजनीतिलाई उल्टाएर सक्कली बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, उनले उत्स्रवण आन्दोलन (Oozelution Movement) को चर्चा पनि गरेका छन्। जसलाई उनले मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन भनेका छन्।