निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

निर्वाचन २०७९ | प्रतिनिधिसभा र प्रदेशसभा

नेपाल लाइभको मुख्य साइटमा जानुहोस्
झापा क्षेत्र ५ का अन्य उम्मेदवारहरू
केपी शर्मा ओली
पार्टी:
नेकपा एमाले Logo
नेकपा एमाले
उमेर: 70
लिङ्ग: पुरुष
निर्वाचन: प्रतिनिधिसभा
निर्वाचन क्षेत्र: झापा - क्षेत्र ५

केपी शर्मा ओली

७० वर्षीय ओली नेकपा एमालेका अध्यक्ष समेत हुन्। उनी २०७१ देखि सो पार्टीका अध्यक्ष (२०७५ जेठदेखि २०७७ फागुनसम्म नेकपाका पनि) थिए। तत्कालीन झापा जिल्ला कमिटीले सुरु गरेको ‘एक्सन’सँग आबद्ध ओली १४ वर्ष जेल पनि परेका थिए।

ओली २०५१ मा गृहमन्त्री र २०६३ मा उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका थिए। त्यस्तै, २०७२ र २०७४ मा गरी दुई पटक प्रधानमन्त्री बनिसकेका छन्। दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए।

ओली झापाबाटै निर्वाचित हुँदै आएका छन्। २०४८, २०५१ र २०५६ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी झापा- ६ बाट निर्वाचित भएका थिए। २०६४ मा झापा-७ बाट पराजित भएका उनी २०७० मा झापा- ७ बाटै निर्वाचित भए। २०७४ मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी झापा- ५ बाट निर्वाचित भएका थिए।

झापा क्षेत्र ५ का अन्य उम्मेदवारहरू